May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

670

काठमाडौं । दाङको तुलसीपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका– ३ साततले–खमारी भित्री सडक खण्डमा खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा चालक तुलसीपुर– ३ पैंयाखर्क २७ वर्षीय जीवन घर्तीको मृत्यु भएको हो।

अटोमा चालक घर्ती एक्लै सवार थिए। अटो सडकदेखि करिब २५ मिटर तल खोलामा खसेको मल्लले बताए।

Advertisement

शनिबार बिहान ७ बजेतिर मात्रै घर्ती मृत अवस्थामा फेला परेपनि गएराति साढे १० बजेतिर उनी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

यात्रु छोडेर तुलसीपुर तर्फ आउने क्रममा खमारीबाट राप्ती राजमार्ग आउने क्रममा अटो मोडबाट सिधै खोलामा खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।