February 13, 2025, Thursday
२०८१ फाल्गुन १
1:37:26 pm

मोरङमा माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

1.1K

विराटनगर । मोरङमा माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका-६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका राम प्रकाश चौधरीको ११ बर्षीय छोरा प्रकाश चौधरी अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा सोही दिन राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा फेला परेका थिए ।

उनलाई तत्काल उपचारको लागि बिराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

Advertisement

उक्त घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।