May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

सिन्धुलीमा कार र हायस आपसमा ठोक्किँदा ११ जना घाइते

795

काठमाडौं । सिन्धुलीमा कार र हायस एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ मा कटारीबाट भिमान जाँदै आउँदै गरेको बा ५ ख ७३० नम्बरको हायस र भिमानबाट कटारी जाँदै गरेको बा ७ च ९७९० नम्बरको कार एक आपसमा जुधेका थिए ।

घाइतेहरूको कटारी अस्पताल, सिन्धुली अस्पताल प्रयाग पोलिक्लिनीक लगायतका अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।

Advertisement