February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

पूर्वसभामुख महरालाई कारबाही गर्न निर्देशन

950

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

Advertisement