November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पूर्वप्रधानमन्त्री माधव नेपालको कम्युनिष्ट नेता बिष्णु घिमिरेसँग भेट

२०८० फाल्गुन १८

1.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चितवनमा पुगेर कम्युनिष्ट नेता बिष्णु घिमिरेसँग भेट गरेका छन् । शुक्रबार बिहान अध्यक्ष नेपालले चितवनको भरतपुर निवासी नेता घिमिरेको घरमा पुगेर स्वास्थ्य अवस्था बुझेका हुन् ।

नेता घिमिरेले चितवनको कम्युनिष्ट आन्दोलनलाई विशिष्ट योगदान दिएको अध्यक्ष नेपालको भनाई छ ।

अध्यक्ष नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कम्युनिष्ट आन्दोलनका अग्रणी योद्धा बिष्णु घिमिरेको निवासमा पुगेर भेटघाट तथा कुनाकानी भयो । उमेर र स्वास्थ्यको कारण हिडडुल गर्न नसकेपनि उहाँले चितवनको कम्युनिष्ट आन्दोलनलाई दिनुभएको योगदान अतुलनीय छ। उहककाका प्रेरणादायी कुराहरू अहिलेपनि सुनिरहुँ लाग्ने छन् ।’

Advertisement