काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना भएपनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको हो ।