काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुलै रहन दिन आग्रह गरेका छन् । खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उक्त स्थान पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल रहेको बताएका हुन् ।
भट्टराईले सामाजिक संजालमा लेखेका छन्, ‘पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मन्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसंग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझैं सम्झना हुन्छ ।”
ट्टराईले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउन आग्रह गरेका छन् ।
उनले जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुल्न आग्रह गरेका छन् । “हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन” उनले भनेका छन् ।