May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

ग्यास सिलिन्डर पड्किदा एकजनाको मृत्यु

775

भरतपुर । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिन्डर पड्किदा एकजनाको मृत्यु भएको छ ।सिलिण्डरबाट ग्यास चुहावट भई पड्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेका छन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Advertisement

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।