काठमाडौं । बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको हो ।
आफूलाइ घरेलु हिंसा पीडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखेको हो ।