काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात विभागले जाजरकोटका भुकम्प पीडितहरुको सहयोगार्थ ५० हजारको चेक हस्तान्तरण गरेको छ ।
विभागका प्रमुख देवेन्द्रसिंह महता, सचिव विजयराज उपाध्यायसहितको टोलीले सोमबार नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प पीडितलाई पार्टीले यस अघि नै २५ लाख नगद हस्तान्तरण गरीसकेको छ । सोही प्रतिबद्धतालाई सहयोग पुर्याउने उदेश्यले विभागको तर्फबाट ५० हजार सहयोग गरेको विभागका सचिव उपाध्यायले बताए।