December 9, 2023, Saturday
२०८० मंसिर २४
1:37:26 pm

धनगढीस्थित सारथि अस्पतालमा आगलागी

400

धनगढी । धनगढीस्थित सारथि अस्पतालमा आगलागी भएको छ । शुक्रबार राति अस्पतालसँगै जोडिएको भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागी फैलिएर अस्पतालमा पनि क्षति पुर्‍याएको हो ।

अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीलाई राति नै सेती प्रादेशिक अस्पतालमा सारिएको प्रहरीले जनाएको छ । अस्पतालमा पाँच जना उपचाररत थिए ।

प्रहरीका अनुसार आगलागी नियन्त्रण गर्न धनगढी, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका चार वटा दमकल परिचालन गरिएको थियो ।

Advertisement