विराटनगर । सुनसरीमा एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । गएराति कोसी गाउँपालिका- ४ कोशी कटानमा सप्तरी रुपनी नगरपालिका- २ घर भई कोसी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डलले आत्महत्या गरेका हुन् ।
प्रहरीका अनुसार मण्डलले रातिको समयमा सुत्ने कोठामा कोही नभएको मौकामा पेस्तोलले टाउकोमा गोली हानेर आत्महत्या गरेका हुन् ।
घरायसी तनावका कारणले प्रहरी जवान मण्डलले गोली हानेर आत्महत्या गरेको जनाइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
मृतक मण्डलको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको सुनसरी प्रहरीले जनाएको छ ।