January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपिठको दर्शन

880

काठमाडौं । वडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । प्रथम महिला सविता पौडेलससहितको शक्तिपिठमा दर्शन गरेका हुन् ।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगी दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका थिए ।

दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्परा अनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका थिए ।

Advertisement

राष्ट्रपति पौडेल शक्तिपिठमा दर्शन गर्नका लागि पुग्दा स्थानीयहरूले स्वागत गरेका थिए ।