June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

पाल्पाको बैकुष्ठ भीरमा जिप दुर्घटना हुँदा ६ को मृत्यु

1.4K

पाल्पा । पाल्पाको रानीमहल तानसेन सडक खण्डको बैकुण्ठ भीरमा ७ जना सवार जिप दुर्घटना भएको छ ।

बागमती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ६५ को कृष्ण बहादुर लोहनी, वर्ष ५५ चुना धिताल, वर्ष ३५ को सविना धिताल, वर्ष ५५ को पार्वती लोहनी, वर्ष ११ को सोविस लोहनी, अढाई वर्षको इशव लोहनी रहेको र घाइते इश्वर लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको कुरा फेसबुकमा गुराँश आत्रेयले जानकारी गराएका छन् ।

Advertisement