January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

करेन्ट लागेर लिलावती चौधरीको मृत्यु

945

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका–१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।

उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement