December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

725

काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । छिमेकी राष्ट्रहरुमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

Advertisement