April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक बालकको मृत्यु

1.1K

विराटनगर । सर्लाहीमा जंगली हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान सर्लाहीको हरिपुरस्थित जंगलमा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक बालकको ज्यान गएको हो ।

प्रहरीका अनुसार रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–२ घर भइ हाल हरिवन नगरपालिका–७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका–१० बस्ने ५१ वर्षीय छविलाल काफ्लेसँगै दाहाल मंगलबार बिहान ८ बजे गाईवस्तुका लागि घाँस लिन हरिपुर नगरपालिका–१ स्थित जानकीनगर जंगलमा पसेका थिए । त्यहाँ उनको जंगली हात्तीसँग जम्काभेट भएको थियो । जंगलमै आमनेसामने भएका दाहाललाई हात्तीले लछारपछार पारेपछि उनको घटनास्थलमा नै ज्यान गएको हो ।

Advertisement

दाहालसँगै जंगल पुगेका काफ्ले भने सख्त घाइते भएका छन् । खुट्टामा चोट लागेका काफ्लेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।