विराटनगर । धरानमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धरान–८ स्थित कोशी हाइवेको लाङ्घाली चोकमा भएको दुर्घटनामा इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको हो ।
धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसारधरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रक र राई सवार इटहरीबाट धरान आउँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँएको हो ।
घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान करिब साढे सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँग सवार रहेका धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई सख्त घाइते भएका छन् । उनको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालक धनकुटा चौबिसे गाउँपालिका–६ बस्ने ३० वर्षीय चन्द्रप्रसाद राईलाई नियन्त्रणमा लिएको छ ।