November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

‘अस्मिता’को पुनः प्रकाशन

3.8K

नारीप्रधान पत्रिका ‘अस्मिता’को पुनप्र्रकाशन भएको छ । नेपाली पत्रकारिताको इतिहासमा लामोसमय प्रकाशन भएर स्थगित भएको अस्मिताको संस्थापक सम्पादक अञ्जु क्षेत्री र सुसन मास्के हुन् भने यसको प्रेरक साहित्यकार पारिजात हुन् । पारिजात अस्मिताको स्तम्भकार थिइन् ।

समयानुकुल अनलाइन र प्रिन्ट दुवै संस्करणमा उपलब्ध अस्मिताको प्रकाशनको जिम्मेवारी डा. महेश मास्केले लिएका छन् । अस्मिताले पुनप्र्रकाशनको आफ्नो सम्पादकीय नीतिमा ‘विचारशील महिलाको विशिष्ट पत्रिका’ नारा लिएको छ । २०४५ वैशाखमा अस्मिताको पहिलो प्रकाशन भएको थियो । अस्मिताको पछिल्लो सम्पादकीय समूहको नेतृत्व कुमारी लामा, गीता त्रिपाठी र लक्ष्मी रुम्बाले वहन गरेका छन् । यस्तै निनु चापागाईं, अरुणा उप्रेती र सुधा त्रिपाठीले सल्लाहकार सल्लाहकारको भूमिका निर्वाह गरेका छन् ।

अस्मिताको पुनः प्रकाशनको पहिलो अङ्कमा डा. महेश मास्के, धनकुमारी सुनार, रीता शाह, कैलाश राई, लक्ष्मी रुम्बा, अभय श्रेष्ठ, राजकुमार दिक्पाललगायतका लेखकको लेख समेटिएका छन् । ‘पितृसत्ता र भूँइमान्छेहरु’ अस्मिताको आवरण शीर्षक रहेको छ भने डा. मीना आचार्यको ब्यक्तित्वलाई प्रकाशमा ल्याइएको छ ।

Advertisement