January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

नेपालगञ्जमा सद्भाव कायम राख्न सांसद धवलशम्शेर राणाको अपिल

1.1K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशम्शेर राणाले बाँकेको नेपालगञ्ज क्षेत्रमा सद्भाव कायम राख्न अपिल गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद राणाले नेपालगञ्ज सद्भावको सहर भएकोले त्यो कायम राख्न सबै समुदायलाई आग्रह गरे ।

नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदा आज दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ । यस विषयमा संसदमा बोल्दै राणाले भने, ‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ । हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु ।’

उनले शान्तिपूर्ण विरोध गर्न आग्रह गरेका छन् ।

Advertisement