काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित माधव घिमिरेको होलिगार्डेन स्कुल परिसरभित्र रहेको एकतले युपिभिसी ट्रस्टमा गएराति आगलागी भएको छ । आगलागीबाट ट्रस्टभित्रको स्टोर रूममा रहेका विभिन्न खेलकुदका सामानहरू जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुरको बेलका नगरपालिका–४ गुरूङ चौरी बस्ने किरण आधिकारीको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी काभ्रेको पनौती नगरपालिका–४ ज्यालापाटी बस्ने रामजी हुमागाईको घरमा करेन्ट सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।