January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

शरणार्थी शिविरमा एक व्यक्तिको जलेर मृत्यु

1.6K

काठमाडौँ – भुटानी शरणार्थी शिविरभित्रै एक व्यक्तिको जलेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा झापाको दमक नगरपालिका ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डी-४ हट नम्बर ३२५ का ६० वर्षीय देशमान राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 

प्रहरीका अनुसार टिन र बाँसको टाटी बेराले बनाएको घरमा सोमबार साँझ साढे ७ बजेको समयमा आगलागी भएको थियो । सोही आगलागीमा परी घरभित्र रहेका राईको जलेर मृत्यु भएको डिएसपी थापाले बताए।

Advertisement

उनी अपाङ्ग भएका कारण घरबाट बाहिर निस्किन नसक्दा सो घटना घटेको  शिविर प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिए ।