December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

जलाउन लागेको अवस्थामा युवतीको शव बरामद

830

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट जलाउन लागेको अवस्थामा युवतीको शव बरामद भएको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ ।

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement