December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

नवनियुक्त ४ राजदूद्धारा पद तथा गोपनीयताको शपथ

495

काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त ४ राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषदबाट राजदूत सिफारिस भई संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त भएका उनीहरुले बुधबार शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यलयका अनुसार फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

अब उनीहरु आआफूलाई तोकिएको देशमा जिम्मेवारी सम्हाल्न जानेछन् ।

Advertisement