November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

चार सहायक हबल्दारसहित २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन

520

काठमाडौं । नेपाल प्रहरीका वहालवाला २२ प्रहरी लामो समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गर्दै विगत एक महिनादेखि चारजना सहायक हबल्दारसहित २२ प्रहरी सम्पर्कविहीन भएको जनाएको हो ।

सम्पर्कविहीन भएका प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन प्रहरी कार्यलयले निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरु कार्यालयको सम्पर्कमा नआएको जनाएको छ ।

Advertisement

सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिएर कार्यालयमा हाजिर हुन आउन पनि प्रहरी प्रधान कार्यालयले निर्देशन दिइएको छ ।

‘अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा सफाइको मौका प्रदान गरिएको छ,’ सूचनामा भनिएको छ ।