November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

दाङमा यात्रुवाहक बस दुर्घटनामा पर्दा २२ जना घाइँते

590

काठमाडौं । दाङमा यात्रुवाहक बस दुर्घटनामा पर्दा २२ जना घाइँते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवखोलामा मंगलबार बिहान दुर्घटना भएको हो ।

घाइतेमध्ये ६ जना लमही, ११ जना कोहलपुर र ५ जना नेपाली सेनाको सैनिक अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ख–०३६२ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको हो ।

Advertisement

बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।