काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताएकी छन् । मंगलबार संविधान दिवस २०८० को अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको र यो सकारात्मक कदम भएको बताएकी हुन् ।
व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभूति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने मन्त्री शर्माको भनाइ थियो । उनले यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो कि के हो भन्ने प्रश्न उठेको पनि बताइन् ।
चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु निःशुल्क र गुणस्तरीय बनाइन् ।