September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

विद्यालय बन्द गराएर ‘शिक्षा विधेयक’को विरोध गर्न जाने शिक्षकलाई कारबाही हुने

595

काठमाडौं । सुनसरीको दुहवी नगरपालिकाले विद्यालय बन्द गराएर ‘शिक्षा विधेयक’को विरोध गर्न जाने शिक्षकलाई कारबाही गर्ने भएको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको हो ।

संसदमा दर्ता भएको संघीय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक संघले असोज ३ गतेदेखि देशव्यापी रुपमा विद्यालय बन्द गराएर शिक्षकहरुलाई काठमाडौंमा हुने आन्दोलनमा उर्ताने बताएपछि नगरपालिकाले यस्तो विज्ञप्ति जारी गरेको हो ।

विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न गए दुवही नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११२ बमोजिम कारबाही गर्ने चेतावी दिएको हो ।

Advertisement