September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

देश युवाहरूको हो : गृहमन्त्री श्रेष्ठ

445

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश युवाहरूको भएका बताएका छन् । देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको उनको भनाइ छ ।

सोमबार गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले भने, ‘नेपाल आजसम्म स्वतन्त्र देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ । देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले सरकारले सुशासन र भ्रष्टाचार विरोधी अभियान चालिरहेको पनि जानकारी दिए । उनले भने, ‘मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढेको छ ।’

Advertisement