काठमाडौं । उच्च अदालतका लागि २७ जना न्यायाधीशहरुको नाम सिफारिस गरिएको छ । शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् ।




