September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

पानीमा डुबेर २ जनाको मृत्यु

380

बिराटनगर । ओखलढुङगा र झापाको दुई छुट्टाछुट्टै स्थानमा मंगलवार दिउँसो पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

ओखलढुङगाको मोलुङ गाँऊपालिका–२ रामपुरकी ७५ बर्षीया रत्न कुमारी बिश्वकर्मा मोलुङ खोलामा डुबी मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी झापाको बुद्धशान्ति गाउँपालिका–१ रहेको कुलोमा बुद्धशान्ति गाउँपालिका–२ का १९ बर्षीय मनोज तामाङ कुलोमा डुबेर चिन्ताजनक अवस्थामा फेला परेका थिए ।

Advertisement

तत्काल खटिएको प्रहरी टोलीले कुलोबाट उद्धार गरी उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।