काठमाडौं । गएराती १ बजेर ११ मिनेटमा भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार चार म्याग्निच्युटको भूकम्प गएको हो ।
भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि धक्का महसुस भएको भकुम्प भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको थियो ।
यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प मापन भएको थियो ।