September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

बेपत्ता भएका सेनानी अझैं सम्पर्कविहीन

580

काठमाडौं। बेपत्ता भएका डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित अझैं सम्पर्कवीहिन छन् । उनी बेपत्ता भएको चार दिन बितिसकेको छ ।

प्रहरीका अनुसार सेनानी पण्डितको मोबाइल पनि अफ छ । उनको खोजी गर्न ठूलो संख्यामा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

पण्डित आइतबार अपराह्न ३ बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्किएका थिए । साँझसम्म पनि नफर्किएपछि उनको खोजी गर्न थालिएको थियो ।

Advertisement