काठमाडौं । प्राविधिक समस्या देखिएको भन्दै जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको बुद्ध एयर जहाजका यात्रुहरूलाई अर्को जहाजमार्फत गन्तव्यमा पठाएको छ। जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भन्दै फेरि काठमाडौं फर्किए थियो ।
जहाजमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाललगायत नेता सवार थिए । एमालेको आज सिराहामा सुरु हुन लागेको सचिवालय बैठकमा सहभागी हुन हिडेका हुन् ।
जहाज जनकपुर विमास्थलनजिकै पुगेर पनि फर्किएको हो। जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको बुद्ध एयरले जनाएको छ ।