September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

सामाजिक सांस्कृतिक अध्ययन मञ्चद्वारा ‘नाटो अब टाढा छैन’  विचार गोष्ठीको आयोजना हुँदै 

565

काठमाडौं । सामाजिक सांस्कृतिक अध्ययन मञ्चले नेपाल विदेश नीति नेपाल अमेरिका दौत्य सम्बन्धको ७७ वर्ष नाटो अब टाढा छैन विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादी अन्तर्गत राष्ट्रिय जन सांस्कृतिक महासङ्घको घटक संस्था सामाजिक सांस्कृतिक अध्ययन मञ्च र पार्टीको विदेश विभाको संयुक्त आयोजनामा यही भदौ १५ गते शुक्रबार विचार गोष्ठीको आयोजना गर्ने भएको हो । 

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा १५ गते दिउँसो २ बजेबाट कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष न्हुच्छेबहादुर धुकुछुुले बताए । 

Advertisement

कार्यक्रममा  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि रहनु हुने र ओम चरण आमात्यले विषय वस्तुको कार्यपत्र पेश गर्ने कार्ययोजना रहेको मञ्चका महासचिव महेन्द्रप्रसाद भट्टराईले बताए  ।