November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

645

काठमाडौं । सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार तीन जनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

Advertisement

३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक–पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।