November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

डोल्पाका नेपाली सेनाका गुल्म प्रमुख सम्पर्कविहिन

2.8K

काठमाडौं । डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख सम्पर्क विहिन भएका छन् । गुल्मका प्रमुख विमल पण्डित छन् ।

गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेको समाचारमा उल्लेख छ ।

‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआएको खबर भएपछि खोजीमा टोली परिचालन गरेका छौं’ प्रजिअले सञ्चारकर्मीसँग भनेका छन्, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’

Advertisement