September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

कास्कीमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते

240

पोखरा । माछापुच्छ्रे गाउँपालिका, कास्कीमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था सामान्य रहेको र बाँकी २ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको जानकारी प्राप्त भएको छ ।

पोखरा–माछापुच्छ्रे इदीखोला चल्ने चालकसहित १० जना सवारग ३ च ५८३८ नम्बरको उक्त बलेरो जीप मणिलाल मार्गस्थित मर्दीपुलमा दुर्घटनामा परेको थियो ।

Advertisement

सामान्य घाइतेहरुलाई उपचार पछि घर पठाइसकिएको र घाइते सबै माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ कै रहेको पनि बुझिएको छ ।