December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुने सबैको सनाखत

765

काठमाडौं । बुधबार त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतक आठै जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका-६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका-५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल छन्।

बुधबार बिहान काठमाडौंबाट वेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेछहरामा सडकबाट त्रिशुली नदीमा खसेको थियो।

Advertisement

चालक र सहचालक गरी बसमा २५ जना सवार थिए। तीमध्ये बाग्लुङ गलकोटका ६८ वर्षीया बुढामगर सामान्य उपचार गरी डिस्चार्ज भएका छन् भने बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङलाई सकुशल उद्धार गरिएको थियो।  

दुर्घटनामा १५ जना घाइते भएका छन्। उनीहरूलाई काठमाडौं ल्याई विभिन्न अस्पताल भर्ना गरिएको छ।