November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु

745

विराटनगर । मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे ३ बजे मोरङको उर्लाबारी नगरपालिका–३ सोल्टी पुल स्थितमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाईकल पछाडीबाट ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक झापाको कमल गाउपालिका–१ का ४३ बर्षीय गोपाल प्रसाद पौडेलको मृत्यु भएको हो । उनको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको थियो ।

त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका– १० स्थित मदन भण्डारी लोकराजमार्गमा शुक्रबार साझँ ५ बजे गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको ना. ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषाको मिथिला नगरपालिका–११ का १७ बर्षीय सुरज मगरको मृत्यु भएको हो । उनको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।

Advertisement