December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाएको डा महतको टिप्पणी

1.1K

जनकपुरधाम । जनकपुरधाम पुगेर अर्थमन्त्री डा प्रकाश शरण महतले नेकपा एमालेले अनाहक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको टिप्पणी गरेका छन् ।

बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले नेकपा एमालेको अनावश्यक संसद् अवरोध गरिरहेकाले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताए । उनले आफूहरू सरकारभन्दा बाहिर हुँदा कहिल्यै संसद् अवरोध नगरेको तर एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यकमा संसद् अवरोध गरिरहेको बताए ।

सङ्घीयता, सङ्घीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले अनावश्यक संसद् अवरोध छोडेर प्रक्रियामा आउन उनले एमालेलाई आग्रह गरे ।

Advertisement

अर्थमन्त्री डा महतले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको बताए । अर्थतन्त्र अब गति लिइरहेको र राष्ट्र बैँकले समेत ब्याज घटाउँदै गइरहेको उनले बताए ।