काठमाडौँ । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त सोमबार भारत जाँदैछन् । सोमबार दिउँसोको नेपाल एयरलाइन्सको विमानद्वारा अध्यक्ष डा.दत्त भारत जान लागेको सचिवालयले जानकारी दिएको छ ।
शैक्षिक तथा धार्मिक भ्रमणको लागि भारत जान लागेका दत्तले मंगलबार राष्ट्रिय महिला आयोग, भारतकी अध्यक्ष रेखा शर्मासहित अन्य उच्च पदस्थ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको दत्तको सचिवालयले जनाएको छ । २०२२ मा दुवै आयोगको अध्यक्षको भर्चुवल बैठकमा महिला आयोगकी अध्यक्ष शर्माले मधेशी आयोगका अध्यक्ष डा.दत्तलाई भारत भ्रमणको औपचारिक निम्तो दिएकी थिइन् ।
सो भेटघाटमा आगामी दिनहरूमा दुई देशका अधिकारमुखी आयोगहरूले कुन रुपमा सहकार्य गरी अगाडी बढ्ने विषयमा छलफल हुने भएको छ । अध्यक्ष डा.दत्त श्रावणको अन्तिम हप्तामा नेपाल फर्किने कार्यक्रम रहेको छ ।