September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

दमकका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन हाजिरपत्र

770

काठमाडौँ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाजिर पत्र लेखेको छ।

सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन हाजिरपत्र लेखेको हो ।

‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ।

Advertisement

आफ्नो क्वार्टरमा एक युवतीसँग मादक पदार्थ सेवन गर्दै टिकटकमा लाइभ आएपछि उनी विवादमा तानिएका हुन्।