February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

1.3K

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बेलुका साढे ९ बजे उत्तरबाट दक्षिणतर्फ जादै गरेको बीआर–९००८५४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई रोडको छेउमा रहेको पिपलको रुखमा ठोक्किनगई दुर्घटना भएको हो ।

दुर्घटना परी घाईते भएका मोटरसाईकल चालक धनपालथान– २ का ३५ बर्षीय सिताराम मण्डलको उपचारको क्रममा गोल्डेन हस्पिटल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Advertisement