June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

करेन्ट लागेर बालकको मृत्यु

1.2K

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–२ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।

विहिबार साँझ साढे ७ बजे आफ्नै घरमा सिटी सफारी चार्जमा हाली राखेको अवस्थामा कुशुम लाला साहको छोरा ३ बर्षीय दिनेश शाह सोही सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लागेको हो ।

घाईते भई उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।