सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–८ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राज कुमार कार्की रहेका छन् । हिजो घरमा मार्बल लगाउने काम गरेर निस्कने क्रममा अचानक विद्युतको तारमा छुन पुग्दा करेन्ट लागेर छतबाट लडि घाईते भएका कार्कीको उपचारको क्रममा सामुदायिक अस्पताल हलगढामा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।