September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

सुन प्रकरणमा नाम मुछिएपछि पत्रकार सम्मेलन गर्दै व्यवसायी दीपक मल्होत्रा

995

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् । अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि मल्होत्राले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका हुन्।

उनले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हङकङबाट ल्याइएको अवैध आयात प्रकरणमा केही सञ्चार माध्यमले मल्होत्राको संलग्नता रहेको उल्लेख गरेका छन् ।

Advertisement

विमानस्थलबाट अहिलेसम्मकै ठुलो परिणाममा एक क्विन्टल सुन बरामद भएको छ । यसअघि, ठमेलबाट ८८ किलो सुन बरामद भएको थियो ।