September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्छः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

660

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताए । आइतबार सिंहदरबारमा भएको सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा बोल्दै उनले अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्ने बताएका हुन् ।

कसरी विधि, पद्धतिको पालना गर्ने बनाउने, कसरी संस्थागत काम गर्ने बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र, उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने पनि उनले बताए ।

Advertisement