September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

अविरल वर्षाका कारण धारचुलामा कटान, नेपालतर्फ पनि जोखिम

805

धनगढी । महाकाली नदीले दार्चुलाको पारिपट्टी भारतीय क्षेत्र धारचुलामा कटान गर्न थालेका छ मंगलबार बिहान महाकाली नदीमा पानीको वहाउ बढेपछि कटान शुरु भएको हो ।

कटानले भारततर्फ एक घर बगाएको प्रहरीले जानकारी दिएका छन् । नेपालतर्फ भने कुनै क्षति भएको छैन्।

भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएपछि महाकाली नदीको चाप बढेको थियो । सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरू खोलिएपछि महाकाली उर्लेको थियो ।

Advertisement

मंगलबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म १५ घण्टाका लागि बाँधका ढोका खोलिएका थिए ।