September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

बैतडीमा बस दुर्घटना, एकको मृत्यु, १६ गम्भिर घाइते

910

धनगढी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।

मेलौली नगरपालिका–७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको छ । उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।

उनीहरूको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।